Logo

बागमती पेज

असार ३१, २०७९ शुक्रबार

निसानको अध्यक्षमा शौर्यनाथ आचार्य, को-को बने पदाधिकारी ?


काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) को तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) को तेस्रो अधिवेशनले शौर्यनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा अरुण पौडेल, उपाध्यक्षमा जित बहादुर बस्नेत, उपाध्यक्ष  युवराज काफ्ले, महासचिव नवराज सापकोटा, उप महासचिव अरुण प्रधान, उप महासचिव घनेद्र भट्टराई, सचिव राजेश घिमिरे, सचिव अर्जुन प्रधान, कोषाध्यक्ष सुरेश कुमार भट्टराई, सह कोषाध्यक्ष पुष्पा प्रधान निर्वाचित गरेको छ ।

अधिवेशनले सदस्यहरूमा दोर्जे शेर्पा, राजेन्द्र विष्ट, दिनेश बस्नेत, डम्बर बहादुर भट्टराई, रमा पोखरेल, शिवमणि ढकाल, विक्रम पौडेल, नीराजन सेढाई सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

कार्यक्रममा राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान)का  कोषाध्यक्ष नवराज सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान)का अध्यक्ष ओम प्रसाद ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।