Logo

बागमती पेज

श्रावण १, २०७९ आईतबार

गभर्नर विरुद्ध नेविसं र अखिल क्रान्तिकारीको संयुक्त आन्दोलन


काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेको छ । प्रर्दशनकारीहरु बालुवाटारमा उत्रिएका हुन् ।

दुवै प्रदर्शनकारीलाई विरोध प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।