Logo

बागमती पेज

श्रावण १, २०७९ आईतबार

मोरङ कारागारमा कारोणा फैलियो


काठमाडौँ । जिल्ला कारागार मोरङ भित्र कारोणा फैलिएपछि विराटनगर महानगरपलिकाले सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

विराटनगर ८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ ।

कारागार भित्र संक्रमण फैलिएको र बजारमा पनि संक्रमण देखिएका कारण महानगरपालिकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । महानगरले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि आग्रह गरेको छ ।

कारागारमा रहेका संक्रमितलाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । अस्पतालमा भर्ना गरिएका अधिकांश संक्रमितमा अत्याधिक ज्वरोको समस्या छ ।