Logo

बागमती पेज

श्रावण ३, २०७९ मंगलबार

गभर्नरका पक्षमा पोखरेल, एम अधिकारीको सोधखोज नगर्न अग्रह


काठमाडौँ । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् ।

उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् ।

मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको जिकिर गरे

राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक गर्र्नुनपर्ने जिकिर गरे ।