Logo

बागमती पेज

श्रावण ३, २०७९ मंगलबार

नारायणी नदीको बाढीले सर्वसाधारणलाई दुःख दिँदैन : मेयर दाहाल


काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब नारायणी नदीको बाढीले सर्वसाधारणलाई दुःख नदिने बताएकी छन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् ।

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले दाबी गरिन् ।

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्धन निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका वस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गरिन् ।

नारायणीको समस्याबारे विगतमा स्थानीय बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण संघीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उनको भनाइ छ ।