Logo

बागमती पेज

श्रावण १२, २०७९ बिहीबार

बञ्चरेडाँडाका स्थानीयवासीले फेरि रोके फोहोरको गाडी


काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरि पनि रोकेका छन्। फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व(सूचनाबिना नै रोक लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको काठमाडौं महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।

ल्यान्डफिल साइड जाने सडकका कारण एक हप्तादेखि उपत्यकाको फोहोर रोकेको थियो। बुधबार सडक मर्मत गरी आजदेखि फोहोर उठाउन सुरु गरिएको थियो। स्थानीयलाई फोहोरले समस्या दिएको भन्दै रोकेका हुन्