Logo

मेघनाथ पहाडी

श्रावण १२, २०७९ बिहीबार

सेन्ट लरेन्स कलेज एक्सिलेन्स अवार्डद्वारा सम्मानित


काठमाडौँ । चाबहिलको सेन्ट लरेन्स कलेज ‘कलेज एक्सिलेन्स अवार्ड-२०२२’ बाट सम्मानित भएको छ । बुधवार एयरपोर्ट होटलमा आयोजित शिक्षालयद्वारा गरिएको १४ औं अन्तराष्ट्रिय सम्मेलन २०२२ कार्यक्रममा कलेज एक्सिलेन्स अवार्ड सेन्ट लरेन्सले हात पारेको हो ।

कार्यक्रममा विभिन्न देशबाट विशिष्ट शिक्षाप्रेमी व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साउदी अरवबाट आएकी आईसा ताजेन र भिक्टोर जोशेफले लिडरशिप र शिक्षा विषयलाई आधार बनाएर आफ्नो प्रश्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल जलश्रोत तथा उर्जा मन्त्री पम्फा भूषालको प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भूषालले यस्ता सम्मानीत कार्यक्रमले देश तथा विदेशमा रहेका शिक्षक तथा विद्यार्थीहरुको सम्बन्धलाई अझै गाढा बनाउने बताईन् । उनले आगामी दिनमा यस्ता सम्मानित कार्यक्रमहरु गरिरहनुपर्ने धारणा व्यक्त गरेकी थिईन् ।

भारतीय शैक्षिक संस्था हिमाक्षराबाट डा एपी जे अब्दुल कलाम अवार्ड २४ व्यक्ति र शैक्षिक संस्थालाई प्रदान गरिएको थियो । नेपालको शिक्षालयले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको सम्मानमा प्रेसिडेन्ट ईन्टरनेशनल एजुकेसनल अवार्डबाट २१ विधामा विभिन्न शैक्षिक व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो ।