Logo

बागमती पेज

श्रावण १५, २०७९ आईतबार

त्रिभुवन बिश्व विद्यालयमा ‘मेरो समय मेरो ल्याब’ अभियान सुरु


काठमाडौँ । त्रिभुवन बिश्व विद्यालयमा ‘मेरो समय मेरो ल्याब’ भन्ने अभियान लिएर रसायन शास्त्र शिक्षा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु सरसफाइमा जुटेका छन् । विद्यालयमा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको कारण विद्यार्थीहरु आफै सो कार्यक्रममा जुटेका हुन् ।

उक्त अभियानमा हरेक हप्ता एक जनाको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिने योजना रहेको छ । कार्यक्रमको सुरुवात आजैबाट भएको कारण पहिलो दिन कल्पना सापकोटाको नेतृत्वमा विद्यार्थीहरुले सरसफाइ कार्यक्रम सुरु गरेका छन् ।

सरसफाइ कार्यक्रमको पहिलो चरणमा दोस्रो सेमेस्टर मा अध्ययन गर्ने १३ जना बिध्यार्थी मध्य ८ जना सहभागी भएका छन् । विद्यार्थीहरु अरुमा निर्भर नभई स्व स्फुर्र्त रुममा आफै सहभागी भएका हुन् ।