Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

ज्योतिषसँग विवाह गरेकी नीता ढुंगाना अस्पताल भर्ना, भएको के हो ?


काठमाडौं : भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे । नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।