Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

एक वर्षे बिएडका लागि खुल्यो नयाँ भर्ना, आजै दिनुहोस् आवेदन (सूचनासहित)


काठमाडौं : नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खोलेको छ। सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो।

इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन्। सामाजिक शास्त्र र शिक्षा संकायतर्फ एक वर्षे बिएडमा भर्ना खुलेको हो। अनलाइनबाटै भर्ना फारम भर्न सकिन्छ।

आवेदकहरूले विश्वविद्यालयको वेबसाइट www.nou.edu.np मा रहेको Student panel मार्फत अनलाइन भर्ना आवेदन फाराम मिति २०७९/३/२५ गतेदेखि मिति २०७९/४/२३ गते सम्ममा भरिसक्नु पर्नेछ।

आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको नाममा ग्लोबल आईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ०५०१०१००००५०२ मा एक हजार रुपैयाँ जम्मा गरी सो बैंक भौचर स्क्यान गरी आवेदन साथ Upload गर्नुपर्नेछ।

आवेदकले आवेदन साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिष्टको स्कयान कपी अपलोड गर्नुपर्नेछ।

विद्यार्थी भर्नाका लागि अनलाइन मार्फत अन्तर्वार्ता तथा पूर्व योग्यताको आधारमा छनोट गरिनेछ। प्रवेश परीक्षाको पाठ्यक्रम, शुल्क सम्बन्धी विस्तृत जानकारी र कोर्सको विस्तृत पाठ्यक्रम विश्वविद्यालयको वेवसाइटको सम्बन्धित संङ्कायका मेन्यु मा राखिएको छ। सम्बन्धित मूल विषय लिई उत्तिर्ण गरेका इच्छुक व्यक्तिहले आवेदन दिन पाउनेछन्।