Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

तारकेश्वरमा एकै घरका चारजना मृत फेला


काठमाडौं । तारकेश्वर नगरपालिका २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल विभत्स रहेको छ ।

सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, भने दिनेशको अर्को कोठामा छ’ घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।’