Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

म्याग्दीमा पहिरो जाँदा दुईको मृत्यु दुई बेपत्ता


काठमाडौँ । अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर परिएको छ । पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानीयवासीले उनीहरुको खोजी जारी राखेका छन् ।

प्रहरीका अनुसार स्थानीयबासीले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ ।