Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

मानव बेचविखनमा परेकी एक युवतीको उद्दार


काठमाडौँ । मानव बेचविखनमा परेकी एक युवतीको उद्दार गरिएको छ । माइती नेपालले मकवानपुरकी १७ वर्षीया युवतीको भारतबाट उद्दार गरेको हो ।

काम लगाइदिने भन्दै दलालमार्फत दिल्लीमा बेचिएकी ती युवतीको कोलकाताको सोनागाछीबाट उद्दार गरिएको माइती नेपालका निर्देशक विनोद खड्काले जानकारी दिए । कोलकाताको सोनागाछी प्रहरीको सहयोगमा उनको उद्दार गरिएको निर्देशक खड्काले बताए ।

उद्दार गरिएकी ती युवतीलाई नेपाल ल्याउन केही दिन समय लाग्ने उनको भनाइ छ । केही महिना अगाडि दिल्लीमा काम लगाइदिने भनेर दलालले दिदी बहिनीलाई लगेका थिए । तर, उनीहरूलाई दलालले काम लगाउनको साटो दिल्लीको कोठीमा बेचिदिएको खुलेको छ।