Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

कपिलवस्तुमा एक दम्पतीलाई बाढीले बगायो


काठमाडौँ । वर्षासँगै आएको बाढीले कपिलवस्तुमा एक दम्पतीलाई बगाएको छ । जिल्लाको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरूलाई बगाएको हो । उनीहरूसँगै बगेका १२ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।