Logo

बागमती पेज

श्रावण १८, २०७९ बुधबार

पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियूको विरोध प्रदर्शन


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ ।

उपत्यका बिशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो । आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ ।