Logo

बागमती पेज

श्रावण १८, २०७९ बुधबार

कांग्रेसी मेयरले देखाए पावर, आइजीपीलाई थर्काएपछि प्रहरी हेडक्वार्टरमा उथलपुथल !


काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा बनाइएको वान वे सडक हटाएकामा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसँग आक्रोश पोखेका छन् ।

महानगरपालिकाले बनाएको वान वे प्रहरी महानिरीरक्षक सिंंहकै निर्देशनमा हटाएको भन्दै मेयर महर्जनले टेलिफोन गरी आक्रोश व्यक्त गरेका हुन् ।

‘८–९ स्थानमा एकतर्फी गर्दा प्रहरी चुइक्क नबोल्ने, कार्यान्वयन गरेपछि बोर्ड हटाउने, वान वे बिगार्ने जस्ता काम गर्ने? यो विषयमा आईजीसँग मेरो ५–७ मिनेट फोन भयो । मैले ललितपुर महानगरको काममा अनावश्यक रुपमा डिस्टर्ब नगर्न आईजीलाई भनेँ’ मेयर महर्जनले भने ।

आफूहरुले गरेको निर्णयमा कुनै समस्या भए छलफल गर्न आग्रह गर्दै उनले विना छलफल वान वे हटाउनु प्रहरीको गल्ती भएको बताए । ‘हाम्रो कैफियत छ भने हामीलाई भने हुन्छ, विना सल्लाह, छलफल नगरी हामीले गरेको निर्णय कार्यान्वयन गर्न नदिने को हो प्रहरी ?अबदेखि हाम्रो काममा डिस्टर्ब नगर्नुस भनें । कि तपाईँ वैठक बोलाउनुस् नत्र मैले बोलाएको वैठक आउनुस’ मेयर महर्जनले आईजीपीसँगको वार्ताबारे भने ।

ललितपुर महानगरपालिकाले जाउलाखेल भनिमण्डल क्षेत्रमा सडकलाई वान वे बनएको थियो । तर प्रहरीले हटाएपछि मेयर महर्जन आक्रोशित भएका हुन् ।

‘म यही हप्ताभित्र प्रहरीसँग बैठक राख्छु, महानगरको काममा डिस्टर्ब गर्ने कुरा हुँदैन नि । म आफैं वन वेको बोर्ड लिएर भनिमण्डल गएर बोर्ड राखेको छु’ महर्जनले आईजीपी सिंहसँग भने ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सडकसम्बन्धी नियम बनाउँदा ट्राफिक प्रहरीसँग समन्वय गर्न आग्रह गरेको बताए ।