Logo

बागमती पेज

श्रावण १८, २०७९ बुधबार

पुल्चोकमा एक व्यक्ति मृत फेला


काठमाडौं । ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको बताए ।

सलमा झुण्डिएको अवस्थामा शव भेटिएको डीएसपी जिसीले बताए । उनकी पत्नीको कोभिड–१९ भाइरसका कारण मृत्यु भएको थियो । प्रहरीले उनको मृत्यु भएपछि आफन्तलाई बोलाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।