Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १०० रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८०० रुपैयाँले नै बढ्दै ९५ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।