Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त


काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले एक महिनाअघि अध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधेको थियो ।

उनलाई बर्खास्त गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २२ बुँदे आरोपपत्र सहित मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । पर्यटनमन्त्री प्रेम आले आएपछि उनले तत्कालिन अध्यक्ष डिमप्रसाद पौडेललाई हटाएर कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेका थिए ।

पछि अधिकारीको कामप्रति असन्तुष्ट हुँदै आलेले नै उनलाई हटाएर निगमकै पाइलट दीपु ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका थिए । अधिकारी २३ असारको अदालतको आदेशबाट पुनः निगम फर्किएका थिए भने हाल निगममा अधिकारी कार्यकारी अध्यक्ष थिए भने ज्वारचन महाप्रबन्धक छन् ।