Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

निर्मल दाहाललाई प्राइम लाइफ इन्स्योरेन्सको सिईओ नियुक्त गर्न बीमा समितिको अनुमति


काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाललाई नियुक्त गर्न अनुमति दिएको छ ।

बीमा समितिले दाहाललाई सिईओ नियुक्ती गर्न प्राइम लाइफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिका प्रबक्ता राजुरमण पौडेलले जानकारी दिए।

केहि हप्ता अगाडी बसेको संचालक समितिको बैठकले दाहाललाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो। उक्त प्रस्ताब बीमा समितिबाट पारित भए सगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि दाहाललाई सिईओमा नियुक्त गर्नेछ।

दहाल बिगत २० बर्ष भन्दा बढी बैंक तथा वित्तिय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गर्दै आइरहेका छन् । कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी चैत्र २१ गते बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल असार ३१ गते समापन भएपछी श्रावण १ गते देखि दाहाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।