Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् ।

धिताल केही महिनाअघि अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन् । जुम्लाका धिताल अस्ट्रेलियामा बस्दासमेत नेपाली पत्रकारितामै क्रियाशील थिए ।