Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

बाल गायक प्रिन्सको तीज गीत बुट्टे सारी सार्वजनिक


चितवन । चितवनका बाल गायक प्रिन्स सिलवालले हरितालिका तीज पर्वलाई लक्षित गरेर बुट्टे सारी गीत सार्वजनिक गरिएको छ । बाध्यताले विदेशीनु परेको बुबा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई सिलवालले गीत मार्फत झल्काईएको छ ।

प्रिन्सको बुट्टे सारी बोलेको तीज गीत उनले बिहीबार आफ्नो आधिकारिक युटुब च्यानल ‘प्रिन्स सिलवाल अफिसियल’ बाट सार्वजनिक गरेका छन् । यो पटक प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबुढी)ले साथ दिएकी छन् । सार्वजनिक गरिएको गीतमा सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने आदेश गुरुमछानले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोमा गायक प्रिन्स सिलवालसँगै सन्ध्या बुढा, नम्रता शर्मा लगायतका कलाकारले अभिनय रहेको छ । सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका छन् भने गीतको छायाँकन तथा सम्पादन अनिल कटवालले गरेका हुन् ।

काठमाडौँको सेरोफेरोमा गीतको छायाँकन गरिएको हो । यसअघि गायक सिलवालको दसैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ ।