Logo

मेघनाथ पहाडी

श्रावण २२, २०७९ आईतबार

सानिमा लाइफ इन्स्योरेन्सका ब्रान्च म्यानेजर साह सम्मानित


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नयाँ बानेश्वर शाखाका ब्रान्च म्यानेजर मनोज कुमार साह करोड क्लब टार्गेट यचिव अवार्डबाट सम्मानित भएका छन् ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्च म्यानेजर कन्फरेन्स–२०७९ धुलिखेलमा भएको कार्यक्रममा १५ भन्दा बढी ब्रान्च म्यानेजरहरूलाई सम्मान गरिएको थियो । इन्स्योरेन्सका १ सय १९ वटा शाखा मध्येबाट विभिन्न विधामा १५ भन्दा बढी शाखाका म्यानेजरहरूलाई सम्मान गरिएको थियो ।

को हुन्, ब्रान्च म्यानेजर साह ?
सर्लाहीबाट काठमाडौँ आएर विभिन्न क्षेत्रमा काम गर्दै छोटो समयमा लामो अनुभव बटुल्न सफल मनोज कुमार साह केही समय शिक्षण पेसामा आबद्ध रहेका थिए । त्यसै मार्फत उनले आफूमा भएको प्रतिभा देखाउँदै सहायक प्रधानाध्यापक भएर निजी विद्यालय समेत सम्हाले ।

आफ्नो क्षमता अनुसार शिक्षण पेसामा मात्र आबद्ध नभई उनलाई अन्य क्षेत्रको समेत अनुभव बटुल्ने रहर जाग्यो । आफ्नो भविष्य खोज्दै विभिन्न माध्यम मार्फत उनी सानिमा लाइफ इन्स्योरेन्समा आबद्ध भए । कम्पनीले उनको प्रतिभाको कदर गर्दै ब्रान्च म्यानेजरको रूपमा सुम्पियो ।

कामको उच्च मूल्याङ्कन गर्दै कम्पनीले आफूलाई न्याय गरेको प्रति हौसला जागेको अनुभव उनले सुनाए । काम गर्दै जाने सिलसिलामा धेरै चुनौती पार गर्दै ब्रान्च म्यानेजर सम्म पुग्न सफल भएपश्चात् आफैमा काम गर्ने इच्छा जाग्यो । म्यानेजर भएको केही महिना मै कम्पनीको टार्गेट पुरा गरी करोड क्लबबाट सम्मानित हुन सफल भए ।

म्यानेजर साह भन्छन्, ‘जीवन बीमा सुरक्षाको लागि मात्र नभएर भविष्यको सुरक्षित बचत हो, त्यसैले भविष्य सुरक्षाको लागि सबैले जीवन बीमा गर्न आवश्यक छ ।’

म्यानेजर मनोज कुमार साहका अनुसार बालबालिकाको जीवन बिमा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । बाल बीमा गर्दा हाल सानिमा लाइफ इन्स्योरेन्सले विभिन्न नयाँ स्किमहरू ल्याएको म्यानेजर साहले जानकारी दिए ।

हाल इन्स्योरेन्सले बाल श्री जीवन बीमा स्किम ल्याएको छ । जुन स्किमबाट बच्चाको बीमा गर्दा एक अभिभावकको समेत रिस्क कभर हुने उनले जनाए ।