Logo

बागमती पेज

श्रावण २३, २०७९ सोमबार

चरिकोट मर्याङ खोलामा बाढी, सडक अवरुद्ध


काठमाडौँँ । दोलखाको चरिकोट नजिकै रहेको मर्याङ खोलामा गएराती बाढी आएको छ । लगातार बर्षाको कारण खोलामा बाढी आएको हो ।

बस्ती माथीबाट आएको बाढीले खोला आसपासका केही घरमा क्षेती पुगेको छ भने खोला छेउको एउटा फर्निचरमा समेत क्षेती पुगेको छ । बाढीका कारण दोलखा चरिकोट सडकखण्ड अवरुद्ध भएको दोलखाका प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिए ।

बाढीले बाटो अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । अवरुद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।