Logo

बागमती पेज

श्रावण २६, २०७९ बिहीबार

‘शैलुङ्गको चिसो चिसो बतास’ मा राजेश र वर्षाको रोमान्स


काठमाडौँ । समाजसेवी तथा उद्योगपति गायक विकास राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक भएको छ । सशीबिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतको संयोजन पनि संगीतकार थापाले नै गरेका हुन् ।

शैलुङ्गको सुन्दर प्रकृतिसँग सुन्दर युवतीको बर्णन गरिएको गीतको भिडियोमा राजेश हमाल र वर्षा शिवाकोटीको रोमान्स देख्न सकिन्छ । भिडियोमा दुबैको जोडी सुहाउँदो रहेको छ ।

भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका हुन् । सौखिन तिमल्सिनाको सम्पादन गरेको भिडियो गायक राणाको आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।