काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका हुन् ।
बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।
‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्याउन गाह्रो छ । आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएकोले ‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्याउन गाह्रो छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढाउनेछौं,’ प्रवक्ता मानन्धरले बताए ।
मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए । स्थानीयबासिन्दाले आज हिजोभन्दा ठूलो आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्