Logo

बागमती पेज

भाद्र १२, २०७९ आईतबार

अवैध संरचना हटाउने तयारीमा हेटौंडा उपमहानगर


काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उनको भनाइ छ ।

उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।

आफूले प्रचारका लागि मात्रै काम गर्ने नगरेको भन्दै मेयर लामाले भनिन्, ‘हेटौंडाको आवश्यकता र जनप्रतिनिधिको कर्तव्यलाई बुझेर उपमहानगरले काम अघि बढाउँछ । ’