Logo

बागमती पेज

भाद्र १५, २०७९ बुधबार

सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठक जारी, चोलेन्द्रको बयान लिने तयारी


काठमाडौं : महाभियोग सिफारिस समितिको बैठक सुरू भएको छ। सिंहदरवारस्थित संसद सचिवालयमा निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिलोगरी बैठक सुरु भएको हो ।

बयानका लागि सिंहदरवार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भने बैठकमा बालाइएको छैन । समितिका सदस्यहरुबीचको छलफलपछि राणालाई बैठकमा बोलाएर बयान लिने तयारी छ । राणा निर्धारित समयमै सिंहदरवार पुगेका थिए ।

गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन लागेको हो ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा.शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन् ।