Logo

मेघनाथ पहाडी

भाद्र १५, २०७९ बुधबार

बूढानीलकण्ठ धोविखोला सरसफाई गरियो


काठमाडौँ । बूढानीलकण्ठ धोविखोला सरसफाई गरिएको छ । वी लभ यु फाउन्डेशनले आज देखि बृहत सरसफाई अभियान सुरु गरेको हो ।

उक्त फाउण्डेशनले बूढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा धोविखोला किनारमा यो अभियान शुरुवात गरेको हो । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित चुनिखेलबाट उक्त सरसफाई अभियान सुरु गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले समाज रुपान्तरणको अभ्यासमा म नभएर हामी भन्ने मान्यताका साथ अगाडि बढ्नु पर्ने बताए । उनले औद्योगिकरण पछि वातावरणीय प्रभाव समेत बढ्दै गएको र यसले पृथ्वीको दीगोपनालाई कमजोर बनाएको भन्दै सुरुवाती चरणका कम्तीमा ६ महिना धोवीखोला सरसफाई अभियान संचालन गरेर नमुना कार्य गर्न सकिने बताए ।

त्यसैगरी नगरप्रमुख मिठाराम अधिकारीले वातावरण तथा खोला सरसफाई गर्न आवश्यक रहेको बताए । वातावरण तथा सरसफाई मानिसको स्वास्थ्यमा सिधै जोडिने भएका कारण यस किसिमका सरसफाई गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यसै गरि उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरे तथा कार्यक्रम संयोजक रघु थापाले आफ्नो धारणा राखेका थिए ।