Logo

बागमती पेज

भाद्र १६, २०७९ बिहीबार

हर्कको आक्रोश: फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिएका हुन् । उनले स्टाटस राखेको केही समयमा गालीको आइरो लागेको थियो ।

पहिलो स्टाटसमा गाली आएपछि उनले फेरी अर्को स्टाटस लेख्दै भनेका छन् ,’विरोध गर्न लोकतन्त्रमा पाइन्छ । तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन । पत्ता लगाएर जेल हाल्न नपरोस ।’