Logo

बागमती पेज

भाद्र १६, २०७९ बिहीबार

वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड महानगरको फन्दामा


काठमाडौँ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।