Logo

बागमती पेज

भाद्र १७, २०७९ शुक्रबार

कांग्रेस क्षेत्र नम्बर नौं बाट १० सिफारिस, प्रत्यक्षतर्फ नानु बाँस्तोला


काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर नौं क्षेत्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय संसद प्रतिनिधि सभा उम्मेदवारको नाम टुङ्ग्याएको छ । जसमा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ चार जनाको नाम उल्लेख गरिएको छ ।

बुधबार क्षेत्रीय सभापति जयकृष्ण महर्जनको अध्यक्षता सम्पन्न भएको बैठकले क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि , प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको संयुक्त बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम तय गरेको हो ।

जस अन्तर्गत क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय सदस्य ध्यानगोबिन्द रञ्जित, केन्द्रीय सदस्य नानु बाँस्तोला, महाधिवेशन प्रतिनिधि धर्मराज गौतम, पूर्वराज्यमन्त्री तिर्थ राम डंगोल, महाधिवेशन प्रतिनिधि गौरी प्रसाद दवाडीको नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ भने दामोदर गौतम, बासु कार्की, बन्दना खडकाको नाम सिफारिस गरेको हो ।

प्रत्यक्ष र समानुपातिक दुबैतर्फ १० जना उम्मेदवारको नामावली पठाउने निर्णय भएको सो बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ध्यान गोबिन्द रञ्जित ,नानू बास्तोला र पुर्बकेन्द्रीय सदस्य किरण गिरीको सहभागितामा गरिएको हो । देशका विभिन्न क्षेत्रबाट सिफारिस भएका महिलाहरुलाई समानुपातिकमा राखिए पनि नानु बाँस्तोलालाई भने काठमाडौंले प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।