काठमाडौं । सिन्धुलीको क्षेत्र नं २ बाट संघिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज राजन दाहाल सर्वसम्मत सिफारिस भएका छन् ।
जिल्लाका ९ वटै स्थानीय तहमा बसेको फरक–फरक बैठकले जननेता दाहाललाई नै संघिय निर्वाचनमा उठाउने सिफारिस गरेको नेकपा माओवादी प्रदेश विभागिय सदस्य राम्जी काफ्लेले बागमती पेजलाई जानकारी दिएका हुन् ।
आगामी मंसिर ४ गते हुने आसन्न निर्वाचनका लागि नेता दाहाल सर्बसम्मत सिफारिस भएका हुन् । नेता दाहालले जिल्लामा निकै प्रभावशाली नेताको रुपमा आफूलाई स्थापित गरेका छन् ।
सिन्धुलीका जनताको आसा र भरोसा भनेको राजन दाहाल नै हुन् भन्दै स्थानीयहरु र अन्य पार्टीका नेता कार्यकर्ताले समेत बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्