Logo

बागमती पेज

भाद्र २७, २०७९ सोमबार

महिला साफ: सेमिफाइनका लागि श्रीलंकासँग भिड्दै नेपाल


काठमाडौं । जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा छ। सेमिफाइनल यात्राका लागि श्रीलंकासँग बराबरी खेले मात्रै पनि नेपाल सेमिफाइनल पुग्नेछ ।

समूह बी मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ । श्रीलंकालाई पराजित गरे नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो ।

पहिलो खेलमा भुटानसँग ५-० को नतिजामा पराजित भएको श्रीलंकालाई सेमिफाइनलमा पुग्न फराकिलो जितको आवश्यकता रहेको छ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह ए को पाकािस्तान र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।