Logo

बागमती पेज

आश्विन २, २०७९ आईतबार

नेपाली महिला फुटबलरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो उपाधि


काठमाडौँ । नेपालमा जारी छैटौं साफ महिला च्याम्पियनसिपमार्फत इतिहासमा ब्रेक लागेको छ। विगतमा भएका खेलहरुमा भारतसँग हार बेहोर्दे आएको नेपाल यस पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

भारतसँग यसअघिका हरेक हारको बदला लिँदै नेपाली महिला टोली फेरि एकपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हो। शुक्रबार भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएको थियो ।

साफस्तरको सिनियर महिला फुटबल प्रतियोगितामा भारत पहिलोपटक फाइनल पुग्न असफल भएको छ । भारतको बहिगर्मनसँगै साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउने निश्चित भएको छ । नेपालले सोमबार उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

बंगलादेश यसअघि सन् २०१६ मा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। त्यतिबेला भारतले उपाधि भिडन्तमा बंगलादेशलाई ३-१ गोलले हराएको थियो । यसपटक भारतलाई पराजित गर्ने टोलीमा बंगलादेश पनि रह्यो । समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० गोलले पराजित गरेको थियो ।

साफ महिला च्याम्पियनसिप यस्तो प्रतियोगिता हो, जहाँ नेपालले भारतबाहेकका टोलीसँग अहिलेसम्म हार व्यहोरेको छैन । दक्षिण एसियाली खेलकुदमा पनि नेपाली महिला फुटबल टोलीले भारतबाहेक अन्य टोलीसँग हार त के बराबरीसमेत खेल्नु परेको छैन ।