Logo

बागमती पेज

आश्विन ६, २०७९ बिहीबार

दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपबाट भारतको नाम फिर्ता नेपाललाई सहज


काठमाडौं । सेप्टेम्बर २५ देखि २९ सम्म माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपबाट भारतले नाम फिर्ता लिएको छ ।

भारतले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि अब च्याम्पियनसिपमा जम्मा चार टिमले मात्र प्रतिस्पर्धा गर्ने छन् ।

सुरुमा दक्षिण एसियाका पाकिस्तान बाहेक ६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो । तर अहिले बंगलादेश र भारत सहभागी हुने छैनन् । नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलंका र भुटान गरी चार टिमले मात्र साबामा प्रतिस्पर्धा गर्नेछन्

नेपालको पहिलो खेल माल्दिभ्ससँग माल्दिभ्स बास्केटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आइतबार पहिलो खेल घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

मंगलबार श्रीलंकासँग दोस्रो तथा बुधबार भुटानसँग चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्दैछ नेपालले झण्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय बास्केटबल खेल्न लागेको हो र यसका लागि नेपाली टोलीले तीन महिनादेखि प्रशिक्षण गरिरहेको छ ।

भारत सहभागी भए पनि नेपालले यस पटक स्वर्ण जित्ने लक्ष्यसहित नै प्रशिक्षण सुरु गरेको थियो । तर अब भारत र बंगलादेशसहित दुई टिम नै नहुँदा नेपाललाई केही सहज हुने अपेक्षा छ ।