Logo

बागमती पेज

आश्विन ९, २०७९ आईतबार

हाम्रो जनकल्याण सहकारीको २४ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार भएको उक्त सभा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर मान्धरको प्रमुख आतिथ्यमा सम्मन्न भएको हो ।

कार्यक्रममा कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै सहकारी विभागले जारी गरेको मार्गदर्शन अनुसार कार्य क्षेत्रका विभन्नि १४ स्थानमा क्षेत्रगत साधारण सभा आयोजना गरी साधारण सभामा सदस्यको प्रजातान्त्रिक अधिकारलाई सुनिश्चित गरिएको थियो ।

साथै क्षेत्रगत रुपमा छुटेका सदस्यहरुलाई मुख्य कार्यालय, अग्रगामी सेवा केन्द्र र नगद संकलन केन्द्र चरिकोटमा असोज २० गतेसम्म उपस्थिति गर्ने व्यवस्था गरी ५८.४५ प्रतिशत शेयर सदस्यको उपस्थिति र छानिएका प्रतिनिधिको उपस्थिति सहित असोज २१ गते साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोदन गर्दे प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटड (नेफ्स्कुन) का सञ्चालक जिवस राज खड्काले दोलखामा मात्र नभई नेपालको बचत तथा ऋण सहकारी अभियानको एउटा राम्रो उदाहरण बन्न सफल भएको बतााए । उनले संस्थाका गतिविधीहरु थप प्रभावकारी हुने भन्दै संघको तर्फबाट संस्थाले प्रस्ताव गरेका योजना सहयोग गर्न सञ्चालक समितिले ध्यानकर्षन गराउने बताएका थिए ।

त्यस्तै संस्थाका अध्यक्ष राजन श्रेष्ठले शेयर सदस्यको अधिकतम सन्तुष्टिका लागि नीति, कार्यक्रम तथा बजेट निर्माण गरिएको र परिवर्तित परिस्थितिहरु र जोखिमको मात्रालाई समेत ख्याल गरी सदस्यमुखी कार्यक्रम मार्फत प्रतिस्पर्धी वित्तीय बजारमा संस्थालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२४ औं वार्षिक साधारण सभाको निर्णय सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले संस्था अब प्रविधिको प्रयोगलाई व्यापक बनाउँदै उद्यमशीलता प्रबद्र्धनमा केन्द्रित हुने बताए ।

संस्थाको असार मसान्तसम्म ७१ करोड ४८ लाख ९४ हजार सात सय ६७ रुपौयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ । त्यसैगरी ऋण लगानीतर्फ ४८ करोड ९१ लाख २४ हजार एक सय ५६ रुपैयाँ र बचत संकलनमा ५६ करोड १२ लाख ९२ हजार ५३ रुपौयाँ रहेको छ । संस्थाले यो वर्ष ८८ लाख ३५ हजार चार सय २२ रुपैयाँ बचत नाफा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नतेले जानकारी दिएका छन् ।

साधारण सभाको समपान समारोहमा उत्कृष्ट कारोबार गर्ने १४ जना शेयर सदस्यलाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।