Logo

बागमती पेज

आश्विन २५, २०७९ मंगलबार

स्वतन्त्र उम्मेदवार नेपालको उम्मेदवारी फिर्ता, दिपक निरौलालाई जनाए समर्थन


काठमाडौं । स्वतन्त्र उम्मेदवार कृष्ण नेपालले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ (२) बाट स्वतन्त्र उम्मेदवार बनेका नेपालले आफ्नो उम्मेदवारी फिर्ता दिएका हुन् ।

मंगलबार बसुन्धारामा नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा उनले आफ्नो उम्मेदवारी फिर्ता मात्र नभएर एमालेका उम्मेदवार दिपक निरौलालाई समर्थन जनाएका हुन् ।

यस अघि सोही क्षेत्रमा एमालेबाट निर्वाचित निरौलाले गरेको विकास निर्माण लगायतका कामप्रती प्रभावित भएर आफुले उनलाई समर्थन रहेको उम्मेदवार नेपालको भनाई छ ।

युवा नेता नेपालले काठमाडौंमा दिपकले मात्र नभएर देश भरमा एमालेले गरेका कामको प्रसम्सा गर्दै एमाले प्रति समर्थन रहेको जनाए ।