Logo

बागमती पेज

आश्विन २५, २०७९ मंगलबार

राप्रपाका उम्मेदवार गगन थापालाई समर्थन गर्दै काँग्रेस प्रवेश


काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा गगन थापालाई समर्थन गर्नेहरूको भीड बढिरहेको छ । क्षेत्र नं ४ मा राप्रपा नेपालका उम्मेदवार पिएल श्रेष्ठले गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश गरेका छन् ।

मंगलबार गगन थापासँग भेट गरेर उनी काँग्रेस प्रवेश गरेको क्षेत्रीय सचिव बद्री भट्टराईले बागमती पेजलाई जनाएका छन् । बूढानीलकण्ठ नगरपालिका -१३ गाम्चा निवासी श्रेष्ठ राप्रपा नेपालको क्षेत्रीय नेता समेत हुन् ।

केहीदिन अघि स्वतन्त्ररूपमा माहोल बनाइरहेका सन्तोष प्रधान चौधरीले गगन थापालाइ समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । चौधरी पनि काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको स्रोतको भनाई छ ।