Logo

बागमती पेज

आश्विन २८, २०७९ शुक्रबार

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं २ (२)को निर्वाचन परिचालन कमिटी घोषणा


काठमाडौँ । नेकपा एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं २ (२) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाइ सफल बनाउन निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।

बिहिबार साँखु स्थित भएको उक्त कार्यक्रममा नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २ प्रदेश (२) का संयोजक महेन्द्र लाल श्रेष्ठको संयोजकत्वमा ७५१ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य सरिता न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयाल, प्रदेश (२) का उम्मेदवार सुवर्ण श्रेष्ठ सहित बिभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नेहरुले प्रतिनिधिसभा तथा प्रदेश सभामा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।