Logo

बागमती पेज

आश्विन २८, २०७९ शुक्रबार

रञ्जु दर्शनाको चुनाव चिन्ह सेलरोटी


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन्।

बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चिन्ह वितरण गरेको थियो। सेलरोटीको चाङ चुनाव चिन्ह पाएपछि दर्शनाले खानाका रूपमा सेलरोटी आफ्नो मनसँग निकै नजिक रहेको बताएकी छन्।

०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन्।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन्। ०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।

त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए। थापाले छ हजार आठ सय ५३ मत ल्याएका थिए।