Logo

बागमती पेज

कार्तिक ४, २०७९ शुक्रबार

माओवादी केन्द्रका प्रभावशाली नेता भण्डारी एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत


काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा सहकारी विभागका सचिव मुरारी भण्डारी नेकपा एमाले प्रवेश गरेका छन् ।

शिक्षासेवी एवम् समाजसेवीका रुपमा परिचित नेता भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेस्वागत गरेका हुन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ निवासी भण्डारी काठमाडौं क्षेत्र नंं मा प्रभावशाली माओवादी नेताका रुपमा परिचित छन् यस अघि नेता भण्डारी सिन्धुलीको फिक्कल गाउँपालिका ईन्चार्ज रहेका थिए

विहिवार निवर्तमान प्रधानमन्त्री ओली निवास बालकोटमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, नेतृ सीता ढकाल, काठमाडौं क्षेत्र नं निर्वाचन परिचालन कमिटीका सहसंयोजक केदारराज पुडासैनी, सदस्य चित्र दाहाल, कुमार कसजु, शम्भु प्रसाद भट्टराई, शिक्षासेवी शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो