Logo

बागमती पेज

कार्तिक ६, २०७९ आईतबार

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ ।

‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले भने ।