Logo

बागमती पेज

कार्तिक १४, २०७९ सोमबार

दोलखामा गठबन्धनको चुनावी अभियान


काठमाडौँ । दोलखामा वाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रदेशसभा १ मा गौरीशंकर गाउँपालिकाको जुगुबाट र प्रदेशसभा २ मा विगु गाउँपालिकाको गोंगरबाट चुनावी अभियान सुरु गरेका हुन् । आइताबारबाट चुनावि अभियान सुरु गरेका गठबन्धनका नेताहरुले प्रदेशसभा १ अन्तर्गत गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ जुँगु, वडा नम्बर २ र वडा नम्बर ३ झ्याकुमा कार्यकर्ता भेला तथा छलफल गरेका छन् भने घरदैलोमा पुगेर मतदातासँग मत समेत मागेका छन् ।

प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्ले सहित नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य देवी खड्का, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रुद्रबहादुर खड्का लगायतका नेताहरुले कार्यकर्ता भेला तथा छलफललाई सम्बोधन गरेका छन् ।

यस्तै प्रदेशसभा २ मा गठबन्धनका नेताहरुले विगु गाउँपालिकाको वडा नम्बर १ लामावगर र गोगंरमा कार्यकर्ता भेला, छलफल तथा घरदैलो कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्की (विश्व), प्रदेशसभा २ का उम्मेदवार वर्मा लामा सहित नेपाली कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, लगाएतका टोली घरदैलो कार्यक्रममा उपस्थित् भएका छन् ।

उनीहरुले मतदातासँग गठबन्धनलाई सहयोग गर्न अपिल गरेका छन् । आजदेखि सुरु भएको गठबन्धनको चुनावी अभियान मंसिर १ गतेसम्म जारी रहनेछ ।

गठबन्धनबाट दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व) र प्रदेश सभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा २ मा कांग्रेसकै बर्मा लामा चुनावी मैदानमा रहेका छन् ।