Logo

मेघनाथ पहाडी

कार्तिक १४, २०७९ सोमबार

विपीको पुर्ख्यौली थलोबाट एमालेका उम्मेदवार थापाको चुनावी अभियान शुरु


काठमाडौँ । सिन्धुलीको क्षेत्र नम्बर २ दुम्जामा रहेको सुनकोशी गाउँपालिकामा आइतवार नेकपा एमालेले जननायक स्वर्गीय विपी कोइरालाको फोटोमा माल्यार्पण गरि चुनावी अभियान शुरु गरेको छ । नेकपा एमालेले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिमा सुनकोशीमा चुनावी अभियान प्रारम्भ गरेको हो ।

नेकपा एमालेले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीसहित गिरिजाप्रसाद कोइराला, मातृका कोइराला र शुशील कोइरालाको पुर्ख्यौली थलो २ नम्बर वडास्थित दुम्जाबाट चुनावि अभियान शुरु गरेको छ ।

विपीको फोटोमा माल्यार्पणगर्दै सिन्धुलीको क्षेत्र नम्बर २ का एमालेका तर्फबाट संघीय सदस्यको उमेदवार मनोजजंग थापाले माल्यार्पणका लागि मूर्ति समेत नहुनु दुर्भाग्य भएको बताए । थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा विपीले गर्नुभएको योगदानको स्मरणगर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगरी बलियो बनाउन आफु निरन्तर लाग्ने प्रतिवद्धता जनाए ।

उनले नेपालका ऐतिहासिक क्रान्तिमा कोइराला परिवारले गरेको योगदानको स्मरण गर्दै सुनकोशीमा ऐतिहासिक थलो हुदाँहुदैँ पनि यसको संरक्षण र सम्बद्र्धन नहुनु दुखद भएको बताए ।

सिन्धुली क्षेत्र नम्बर २ प्रदेश २ का प्रदेशसभा सदस्य उम्मेदवार विनोद खड्काले सुनकोशीको समग्र विकासमा आफूले अघिल्लो कार्यकालमा धेरै बजेट ल्याउन सफल भएको जनाएका थिए ।