Logo

बागमती पेज

कार्तिक १५, २०७९ मंगलबार

पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने माओवादीको प्रतिबद्धता


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । आगामी निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा रोजगारी र उद्यमशीलता विकासमा महिलालाई प्राथमिकता दिइने उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘आगामी पाँच वर्षभित्र २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसंख्याको आधारमा ५०० देखि १००० जनासम्म युवालाई अभिमुखीकरण तालिम, बीउ पूँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसका साथै प्राधिकरणले श्रम क्षेत्रका सम्पूर्ण समस्याहरूको प्याकेजमा सम्बोधन गर्नेछ ।’

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइनमार्फत परामर्श दिई उद्यम-व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्ने प्रतिबद्धतापत्रमा जनाइएको छ ।