Logo

बागमती पेज

कार्तिक १८, २०७९ शुक्रबार

गणेशथानबाट शुरुभयो महामन्त्री गगन थापाको चुनावी अभियान (फोटोमा हेरौं)


काठमाडौं । हरीवोधिनी एकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचार शुरु गरेका छन् ।

आम निर्वाचन नजिकिएसँगै देशमा चुनावी माहोल तातिरहेको बेला महामन्त्री थापाले काठमाडौँ महानगरपालिका वडा नं ८ चावहिल स्थित गणेश मन्दिरबाट अशिर्वाद मागेर घरदैलो अभियानको शुरुवात गरेएका हुन् ।

कार्यक्रममा संवोधन गर्दै महामन्त्री थापाले भने, “आम निर्वाचन हाम्रो अवसर पनि हो र चुनौती पनि हो । पाँच दल एकठाउँमा भएका बेला कस्ले के जिम्मेवारी पाउने भन्दापनि प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा पुरा गर्न सक्छौ कि सक्दैनौ भन्ने नै हो ।”

उनले आगामी गठबन्धनको सरकारले संविधानको रक्षा गरेर शान्तिपुर्ण वातावरणमा राजनीतिक स्थिरताको प्रयोग गरेर समृद्धीको लक्ष्यमा पुग्ने बताएका थिए ।