Logo

बागमती पेज

कार्तिक २०, २०७९ आईतबार

नेप्सेमा ४३ अंकको वृद्धि, कारोबार डेढ अर्ब कट्यो


काठमाडौं : सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो ।

गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो । ४३ अंक माथिले नेप्से बढेको यस दिन कारोबार रकमा समेत तीब्रता आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

आज मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४.०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४.०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३.८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ ।

यस दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हारहारीका कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।