Logo

बागमती पेज

कार्तिक २०, २०७९ आईतबार

तीन कम्युनिस्ट पार्टीले ल्याए निर्वाचन बहिस्कार कार्यक्रम


काठमाडौँ । तीन कम्युनिस्ट पार्टीले निर्वाचन बहिस्कार कार्यक्रमहरु सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाले कार्तिक ३० गतेसम्मका बहिस्कार विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलन मार्फत तीन कम्युनिष्ट पार्टीले निर्वाचन विरोधी कार्यक्रमहरु सर्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता प्रकाण्डले आसन्न मंसिर ४ मा हुने निर्वाचनलाई खारेजी गर्ने बताएका हुन् । विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल (आहुति) र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेता प्रकाण्डले मंसिर ४ मा हुने निर्वाचनलाई जनता झुक्याउन गरिएको नाटक र नौटंकी भएको बताएका छन् । घोषणा पत्रका नाममा जनातालाई झुठा आश्वासन देखाउने र भोटलाई नोटको खेती गर्दे देशको स्वधिनतालाई भ्रष्ट गरेको आरोप लगाएका हुन् । उनले आसन्न निर्वानको कुनैपनि हालतमा भण्डाफोर गर्नेे समेत दावी गरे ।

उनका अनुसार, “चुनाव जित्न बिटाका बिटा पैसा बोकेर हिडेका छन् । आखिर जस्ले जितेपनि देशको हालत जस्ताको तस्तै छ । जनताले धेरै विश्वास गरे अब भने जनताले पनि आशा मारिसकेका छन् । राष्ट्रको स्वाधिनताको रक्षाका लागि पनि हामीले यो निर्वाचनलाई बिथोल्नै पर्छ ।”

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचनमा होमिएका पार्टीले धेरै निर्वाचन क्षेत्र बनाएर देशलाई ध्वस्त पर्ने षड्यन्त्र रचेको बताए । आसन्न निर्वाचन पश्चात जस्ले चुनाव जितेपनि परिणाम शुन्य हुने बताउँदै कट्टेलले अझ गठबन्धनले जिते एमसीसी लागु गरि देशका प्राकृतिक स्रोत, जलस्रोत लगाएतका महत्वपुर्ण सम्पदाहरु ध्वस्त पार्ने समेत उल्लेख गरे ।

वैज्ञानीक समाजवादी कम्युनिष्ट पार्टी महासचिव नेता आहुतीले जवसम्म चुनाव खारेज हँुदैन तबसम्म चुनावको नाटक चलिरहने बताएका छन् । उनले चुनावको चरित्रको भण्डाफोर गर्ने भन्दै मंसिर ४ मा हुने निर्वाचन विथोल्न जस्तोसुकै कदम चाल्न तयार हुने चेतावानी समेत दिए ।

राजनीतिक सभाको रुपमा काठमाडौँमा कार्तिक २४, बुटवल, इटहरीमा २६, पोखरामा २८, सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् । यस्तै विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ देखि २० गतेसम्म राखिएको छ । स्थानीय, जिल्ला र देशव्यापी रुपमा आ–आफ्नो अनुकूलतामा चुनाव विरोधी कार्यक्रम गर्न सक्ने कार्यतालिकामा उल्लेख थियो ।