Logo

बागमती पेज

कार्तिक २१, २०७९ सोमबार

अमृत दोर्जेको आत्मकथा “पर्खाइ” विमोचन


काठमाडौँ । लेखक अमृत दोर्जेको आत्मकथा “पर्खाइ” सार्वजनिक गरिएको छ । बूढानीलकण्ठ हातीगौँडामा भएको एक कार्यक्रमका बीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रमको सम्बोधन गर्दै नेता पोखरेलले ६ जना छोरीहरु भएपनि लेखकले विगतदेखि नै धेरै मेहनत र परिश्रम गरेर आफ्नो समयको ख्याल गर्दै सबै छोरीहरुलाई अब्बल बनाएको देख्दा खुशीको अनुभुति भएको बताए ।

लेखक दोर्जेले विगतमा मेहनत र दुःख गरेका कारण नै आज यहाँ सम्म पुग्न सफल बनेको बताएका थिए । उनले विगतमा दुःख र कष्टलाई नजिकबाट निहालेको अनुभव सुनाउँदै दुःख नै भविष्यमा सफलताको बाटो हुने बताए ।

लेखककी छोरी सीता लामा दुःख पछि शुख अवश्य आउने बताउँदै समयलाई पर्खिन सक्नुपर्ने बताएकी थिईन् । उनले समय आएपछि हरेक कुरामा सक्षमका साथै आफ्नो लक्षमा पुग्न सकिने धारणा राखिन् ।

कार्यक्रमको सम्बोधन गर्दै समाजसेवी राधिका शाक्यले लेखक लामालाई आज यो स्थानमा उभ्याउनका निम्ति ६ जना छोरीहरुको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरिन् । उनले भनिन्, “छोरा खोज्ने समाजलाई ६ वटी छोरी जन्माएर अब्बल बनाउने लेखक लामा समाजका लागि ज्वालन्त उदाहरण हुन् ।”

समाजसेवी शाक्यले ईमान्दारिता र पौरखी बन्न सक्नुपर्छ भन्ने पाठ आत्मकथा पर्खाइ बाट पाउन सकिने धारणा समेत व्यक्त गरेकी थिईन् ।

छोरी अनिता लामाले बुवाले विगतमा पढाउनु भएको पाठलाई आत्मसाथ गर्दै अगाडी बढेका कारण आज यो स्थान सम्म आउन सफल भएको बताईन् । उनले कुनैपनि काम छोरा वा छोरीको नभनी समान रुपमा गर्नाले सफलता मिल्ने पाठ समेत बुवाबाट सिकेको कारण नै हामी आज यो स्थानमा पुग्न सफल भएका हौं ।

लेखक दोर्जेको आत्मकथा “पर्खाइ” मा विवाह, पसिनाको मूल्यः मीठो र दिगो, अभाव र गरिबी, आमाको वकसपत्रः दुःख माथि सड्यन्त्र लगायत विभिन्न १६ वटा शिर्षकहरु समावेश गरिएको छ ।